Please select listing to show.

उदयपुरका पालिकाद्वारा बजेट सार्वजनिक

भक्तिविलास पोखरेल
गाईघाट,असार १० गते । चारवटा नगरपालिका र चारवटा गाउँपालिका गरी आठवटा स्थानीय तहहरु रहेको उदयपुर जिल्लाका सातवटा पालिकाले मङ्गलवार आर्थिक वर्ष २०८२।०८३ लागि अनुमानित आय ब्यया तथा नीति कार्यक्रम सार्वजनिक गरेकाछन ।
आआप्mनो पालिकाको भूगोल,जनसङ्ख्या र आवश्यक्ताका आधारमा कृषि,शिक्षा,स्वास्थ्य,पूर्वाधार निर्माण,पर्यटन विकास र सामाजिक सुरक्षासँग सम्बन्धित कार्यक्रमहरुलाई मुख्य प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको छ । पालिकाहरुले आआप्mनो अर्थिक गक्ष अनुसार श्रोत परिचालन र राजश्व सङ्कलनको लागि करको दररेटसमेत निर्धारण गरेर बजेट सार्वजनिक गरेकाछन ।
जस अनुसार जिल्लाको सदरमुकाममा रहेको त्रियुगा नगरपालिकाको १५ औं नगरसभामा नगर प्रमुख वसन्तकुमार बस्नेतले आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भौगोलिक र साँस्कृतिक रुपमो विविधत भएको यस नगरको समग्रविकासका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो भन्नुभयो ।
नगर प्रमुख बस्नेतले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कार्यन्वयन गर्न नगर उप प्रमुख महेश्वरी राईले नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को लागि एकअर्व ५३ करोड ३४ लाख ५९ हजारको अनुमानित बजेट प्रस्तुत गर्नु भएको छ । उप प्रमुख राइले प्रस्तुत गरेको बजेटमा पुजीगत तर्फ ८८ करोड ९४ लाख ६ हजार २ सय २० रहेको छ भने र चालु तर्फ ६४ करोड ४० लाख ५२ हजार ७ सय ८० रुपैया बजेट बिनियोजन गरिएको छ ।
यसैगरी कटारी नगरपालिकाका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले ८७ करोड ६५ लाख, चौदण्डिगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले एक अर्व १३ करोड ४५ लाख ४१ हजार रुपियाँको बजेट सार्वजनिक गर्नुभएको छ । उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानवहादुर मगरले ६८ करोड र रौतामाई गाउँपालिकाका अध्यक्ष विरेन्द्र मगरले ६६ करोड ९९ लाख रुपियाँको अनुमानित बजेट प्रश्तुत गर्नुभएको छ ।
ताप्लि गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विकले करिव ४५ करोड र लिम्चुङ्बुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले करिव ४० करोड रुपियाँको बजेट प्रश्तुत गर्नुभएको सो पालिकाले जनाएको छ । छ । उता उदयपुरको बेलका नगरपालिकाले भने आन्तरिक तयारी गर्नमा ढिलाई गरेको भन्दै बजेट सार्वजनिक गर्न सकेको छैन ।

Please select listing to show.

सम्बन्धित खवर

Please select listing to show.

सर्बाधिक पढिएको खवर

Please select listing to show.
Please select listing to show.
Please select listing to show.
Please select listing to show.
Please select listing to show.